नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघको सल्लाहकार परिषद् गठन
काठमाडाैं | बैशाख २०, २०८१
काठमाडौं: नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघले सल्लाहकार परिषद् गठन गरेको छ ।
गत सालको चैत २६ गते बसेको महासंघको पूर्ण कार्यसमिति बैठकले विज्ञहरुको अमूल्य सल्लाह, सुझाव र प्रतिक्रियासमेत आवश्यक पर्ने महशुस गरि परिषद् गठन गर्ने निर्णय गरेको थियो ।
सोही बैठकबाट सल्लाहकार परिषद्मा पूर्व मन्त्री तथा अन्तराष्ट्रिय चेम्वर अफ कमर्स नेपालका अध्यक्ष डा. राजेशकाजी श्रेष्ठ, पूर्वमन्त्री माननीय छविलाल विश्वकर्मा चयन भएको महासंघका महासचिव निर बहादुर विश्वकर्माले जानकारी दिए ।

उनका अनुसार सो परिषद्मा पूर्व मन्त्री मीनबहादुर विश्वकर्मा, राष्ट्रिय सभाका सदस्य माननीय घनश्याम रिजाल, पूर्व सचिव तथा मधेश विश्वविद्यालयका डिन डा. मानबहादुर विश्वकर्मा, पूर्व सचिव तथा नीति तथा योजना आयोग गण्डकी प्रदेशका उपाध्यक्ष गिरिधारी पौडेल, पूर्व राजदुत डा. निर्मल विश्वकर्मा, खानी तथा भूर्गभ विभागका पूर्व महानिर्देशक तथा गण्डकी प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम प्रतिष्ठानका प्रमख कार्यकारी अधिकृत डा. सोमनाथ सापकोटा, विज्ञ तथा लेखक बद्रिप्रसाद कोइरला, नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष ज्योत्स्ना श्रेष्ठ, उच्च अदालतका पूर्व न्याधिश वरिष्ठ अधिवक्ता साधुराम सापकोटासहितको सदस्य रहने गरी गठन गरिएको छ ।

सल्लाहकार परिषद्का सदस्यहरुलाई गत १८ गते होटल बाराहीमा स्वागतसहित मनोनयन पत्र हस्तान्तरण गरिएको थियो ।
सो परिषद्ले संस्थागत विकास एवं महासंघको समष्टिगत उद्देश्य प्राप्तिका लागि र संस्थाको परिकल्पना गरेका उद्धेश्य हाँसिल गर्न उल्लेखनीय सहयोग गर्ने महासंघले विश्वास लिएको छ ।
लेखनाथ उद्योग वाणिज्य संघले व्यवसायीहरुका लागि आयकर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम आईतबार सम्पन्न गरेको छ । तालिमको शुभारम्भ गर्दै संघका संस्थापक अध्यक्ष चन्द्रकृष्ण कर्माचार्यले तालिममार्...
पोखरा महानगरपालिका १ टुंडिखेलमा जारी ‘नवौं विरेन स्मृति एवम् १९ औं बिटी कप सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगितामा मंगलबारदेखि प्रिक्वाटरफाइनलका खेल हुने भएको छ । बुद्धटोल युवा क्लबको आय...
पोखरा: आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कास्की निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार उत्तम पौडेलले ‘स्थानीयसँग संवाद यात्रा’...

